६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

किम जोङ उनका दाइको हत्यारा जेलमुक्त



अ+ अ-

काठमाडौं । उत्तर कोरियाका शासक किम जोन उनका सौतेनी दाइलाई मारेको अभियोग लागेका एक भियतनामी महिलालाई जेलमुक्त गरिएको छ।

दुई वर्षदेखि मलेसियाको जेलमा रहेकी ३० वर्षीया डोआन थि होङ नाम गरेकी ती महिलालाई शुक्रबार जेल मुक्त गरिएको हो ।

२०१७ मा इन्डोनेसियन महिलासँग मिलेर उत्तर कोरियाली शासक उनका सौतेनी दाइ किम जोङ नामलाई क्वालालम्पुरको एयरपोर्टमा भिएक्स नामक प्रतिबन्धित रसायन दलेर मारेको आरोप लगाइएको थियो।

उक्त विषादीले असर गर्न थालेपछि उपचारका लागि अस्पताल लैजाँदा लैजाँदै बाटोमै नामको मृत्यु भएको थियो।

होङसँगै नामको हत्यामा आरोपित इन्डोनेसियन महिला सिति आइसालाई भने गएको मार्चमै जेलमुक्त गरिएको थियो।