५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुक्क भएर नेपालमा लगानी गरे हुन्छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गरेका छन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)उद्योग वाणिज्य सङ्घको ७७ औँ बैठकमा भाग लिने सिलसिलामा राजधानीमा रहेको सङ्घका पदाधिकारीहरूसँग आज प्रधानमन्त्री निवासमा भएको अन्तरक्रियामा उनले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति सरकारले अनुकूल वातावरण बनाएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एशियाले नै आर्थिक विकास र उन्नतीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । ‘हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं’ उनले भने ।

साझा लक्ष्य र उद्देश्य प्राप्तिका लागि दक्षिण एशियाली देशबीच सहकार्य र साझेदारी हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।