५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपाल ११ औं स्थानमा उक्लियो



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ।

आइसिसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा २१२ अंक पाउदै नेपाल ११ औं स्थानमा उक्लिएको हो।

यसअघि १४ औं स्थानमा रहेको थियो । नेपालले अयरल्यान्ड र जिम्बाबे जस्ता टेष्ट राष्ट्रलाई पछि पारेको छ ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रिका, तेस्रोमा इंग्ल्यान्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा भारत रहेको छ ।

स्कटल्यान्ड १२, जिम्बाबे १३ ,आयरल्यान्ड १५ र युएई १६ औं स्थानमा छन्।