• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्ने, केदार कार्की अदालत जाँदै ★   अठार वर्षपछि सडक कालोपत्र ★   ५ सय १९ जना इन्स्पेक्टरको एकै पटक सरुवा, को कहाँ ? ★   नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै ★   तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी ★   देशभर नै बदली, कोशी प्रदेशमा हावाहुरीसहित वर्षा हुँदै ★   खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना ★   कोशी प्रदेशमा छैठौं पटक सरकार गठनका लागि आह्वान ★   हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज ★   बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा

आफ्नी छोरीकी पिता तथा ब्याइफ्रेण्डसँग विवाह गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री



काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आरडनको उनको लिभ–इन–पार्टनर क्लार्क गेफोर्डसँग विवाह हुने भएको छ । न्युजिल्याण्डको प्रधानमन्त्री कार्यालयले यस समचारको पुष्टि गरेको छ । शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री आरडनको बायाँ हातको बीचको औंलामा हिराको औंठी देखिएकाले यसबारे अनुमान सुरु भएको थियो ।

पत्रकारितामा इन्टर्नशिप गरिरहेका एक युवाले यस विषयमा सबैभन्दा पहिले सोधखोज गरेका थिए । उनले प्रधानमन्त्री कार्यालयसँग यसबारेमा प्रश्न गर्दा कार्यालयले सकारात्मक जवाफ दियो । आरडनका प्रेमी क्लार्क पेसाले टीभी प्रस्तोता हुन् । दुई जना धेरै पहिलेदेखि सम्बन्धमा रहँदै आएका छन् । उनीहरुबीच विवाह नभए पनि पहिलेदेखि सँगै बस्दै आएका थिए । दुईको सम्बन्धबाट एक छोरी छिन् ।

प्रधानमन्त्री पदमै रहँदा गर्भ बसेपछि आरडन अन्तर्राष्ट्रिय मिडियामा चर्चामा आएकी थिइन् । आरडन पाकिस्तानकी पूर्व–प्रधानमन्त्री बेनजिर भुट्टोपछि पदमा रहँदै आमा बन्ने दोस्रो महिला प्रधानमन्त्री हुन् । यही वर्ष जनवरीमा एक अन्तरवार्तामा आरडनलाई प्रेमीलाई विवाहको लागि प्रपोज गर्ने सम्भावनाबारे प्रश्न गर्दा उनले भनेकी थिइन्, “नाई १ म उनलाई प्रपोज गर्दिन । उनी आफै विवाह र प्रपोजका प्रश्नहरुको सामना गरुन् भन्ने म चाहन्छु ।”

विवाह हुने पक्का भएको समाचार बाहिरिएपछि आरडनले रेडियो न्युजिल्याण्डसँग बौल्दै भनिन्, “म निक्कै भाग्यमानी छु । मसँग यस्तो साथी छ, जो मलाई साथ दिन्छ, जसले ठुल–ठुला जिम्मेवारी माझ मलाई साथ दियो ।”