• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

अन्तिम चरणमा आइपिएल, को को पुग्दै छन् प्लेअफमा ?



काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तिम चरणमा पुगेको छ । आइपिएलका ८ टिमले समुह चरणका १३/१३ खेल खेली सकेका छन् । अहिलेसम्म तीन टीम यस सिजनको प्लेअफमा पुगिसकेका छन् ।

चेन्नई सुपरकिंग्स १८ अंकसहित शिर्ष स्थानमा रहेको छ भने मुम्बई इण्डियन्स १६ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै दिल्ली क्यापिटल्स पनि १६ अंकसहित रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ ।

अब प्लेअफमा पुग्ने चौथो टिमका लागि भने तीन टिमको सम्भावना रहेको छ । जसमा सनराइजर्स हैदरावाद, कोलकोता नाइटराइडर्स र राजस्थान रोयल्स रहेका छन् । यी तिन टिम प्लेअफमा पुग्न अब आफ्नो प्रदर्शनले मात्र नपुग्ने देखिन्छ । अन्य टिमको प्रदर्शनमा पनि उनीहरुको प्लेअफ यात्रा तय हुने देखिन्छ ।

रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स इलेभेन पंजाव भने यस सिजनबाट एक खेल खेल्न बाँकी हुदै बाहिरीई सकेका छन् ।

अब प्लेअफमा पुग्ने चौथो टिममा तीन टिमका सम्भावना बारे चर्चा गरौ स्

अहिले १३ खेल खेलिसक्दा हैदरावाद १२ अंकसहित राम्रो रनरेटसहित चौथो स्थानमा रहेको छ । हैदरावादले आफ्नो अन्तिम खेल आज बैंगलोरसँग खेल्दै छ । हैदरावादले खेल जितेमा उसको रनरेट झन् राम्रो हुने र प्लेअफमा पुग्ने सम्भावना बढी देखिन्छ ।

त्यस्तै कोलकोता पनि १२ अंकसहित पाचौ स्थानमा रहेको छ । तर कोलकोताले खेल जितेपनि हैदरावादले हारेमा या कोलकोताले आइतबार हुने मुम्बई विरुद्धको खेलमा फराकिलो अन्तरले जितेर रनरेट सुधार्नुपर्ने चुनौती रहेको छ ।

त्यस्तै राजस्थान रोयल्सको लागि भने आज हुने दिल्लीविरुद्धको खेल जितेर मात्र प्लेअफमा पुग्ने सम्भावना छैन । किनकी उसको अहिले १३ खेलमा ११ अंक छ । अर्को खेल जितेमा उसको १३ अंक मात्र हुन्छ । यस्तो अवस्थामा हैदरावाद र कोलकोता दुवैले आफ्नो अन्तिम खेलमा हार बेहोर्नु पर्ने हुन्छ ।

पहिलो र दोस्रो स्थानको लडाई :

समुह चरणमा पहिलो र दोस्रो हुने लडाई अहिले प्लेअफमा पुगेका तीन टिम रहेको छ । प्लेअफमा छ्नौट हुने चौथो टिम चौथो स्थानमा नै रहने पक्का भएको छ । यस्तोमा अब शिर्ष स्थानमा रहेको चेन्नईले आफ्नो अन्तिम खेल पंजावसँग आइतबार खेल्दै छ । त्यस्तै दोस्रो स्थानमा रहेको मुम्बईले आइतबार नै कोलकोतासँग खेल्दै छ । त्यस्तै तेस्रो स्थानमा रहेको दिल्लीले राजस्थान रोयल्ससँग आज खेल्दै छ ।

तीन टिम फरक फरक टिमसँग खेलिरहेकाले सबैले आ(आफ्नो खेल जितेमा शिर्ष स्थानमा चेन्नई नै रहने देखिन्छ । किनकी मुम्बई र दिल्लीकोभन्दा उसको २ अंक बढी रहेको छ । तर मुम्बई र दिल्लीबीच भने रनरेटको आधारमा दोस्रो र तेस्रो स्थानको तय हुने छ ।

प्लेअफमा पहिलो र दोस्रो टिमका लागि फाइनलमा पुग्ने दुई अवसर पाउने हुनाले पनि मुम्बई र दिल्लीका लागि दोस्रो हुनै पर्ने लडाईमा रहेका छन् ।

प्लेअफमा पहिलो र दोस्रो बीच पहिलो क्वालिफायर हुने छ, जसको विजेता टिम सिधै फाइनलमा पुग्ने छ । त्यस्तै तेस्रो र चौथो टिमबीच इलिमिनेटर खेल हुने छ । जसको विजेता टिमले पहिलो क्वालिफायरमा पराजित टिमसँग दोस्रो क्वालिफायर खेल्ने छ । यसरी दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने दोस्रो टिम हुने छ ।

यस आइपिएलको पहिलो क्वालिफायर आगामी मंगलबार राति ७ स् ४५ मा हुने छ भने इलिमिनेटरको खेल बुधबार साँझ हुने छ । त्यस्तै दोस्रो क्वालिफायर खेल शुक्रबार साँझ हुने छ भने फाइनल खेल आगामी आइतबार हुने छ ।