• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु

ठुलो संघर्षपछि लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा



काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तगर्त आइतबार बिहान भएको खेलमा न्यु क्यासल युनाइटेडमाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल शीर्षस्थनमा पुगेको छ ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि भर्जिल भान डाइक, मोहम्मद सलाह र डिभक ओरिजीले गोल गरे भने उस्तै प्रदर्शन देखाएको युनाइटेडकातर्फबाट २ गोल फर्काउन क्रिस्टियन अट्सु र जोसे सलोमन रन्डमको योगदान रह्यो ।

भर्जिल भान डाइकको गोलबाट सुरुवाती समयमा नै अग्रता बनाएको लिभरपुलले ट्रेन्ट एलेक्सन्डर अर्नोल्डको पासमा १३औं मिनेटमा पहिलो गोल पाएको थियो । उता क्यासलका अट्सुले ७ मिनेट नबितदै गोलफर्काएका थिए ।

निकै रोमाञ्चक बनेको खेलमा २८औं मिनेटमा मोहम्मद सलाहले अर्नोल्डकै पासमा गोल गरेपछि लिभरपुलले फेरी अग्रता बनाएको थियो । पहिलो हाफ यतिमै सिमित रह्यो ।

५४औं मिनेटमा जोसे सलोमनले गोल गरेपछि खेललाई बराबरीमा ल्याए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डिभक ओरिजीले गोल गर्दै लिभरपुललाई ३–२ को महत्वपुर्ण जित दिलाए । ओरिजी ७३औं मिनेटमा फरवार्ड मोहम्मद सलाहको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।

योसँगै लिभरपुल २ अंकको अग्रताका साथ शीर्ष स्थानमा पुगेको छ भने उपाधिका लागि म्यानचेस्टर सिटीमाथि दवाव बढाएको छ । लिभरपुलको ३७ खेलबाट ९४ अंक रहेको छ । सिटीले १ खेल कम खेलेर दोस्रो स्थानमा छ र सोमबार राति लेस्टर सिटीसँग खेल्दैछ । सिटीले लेस्टर सिटी र ब्राइटनसँग खेल्न बाँकी छ ।
लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बन्न बाँकी एक खेलमा जित निकाल्नुका साथै सिटीले अंक गुमाउने पर्ने हुन्छ । अन्तिम खेलमा लिभरपुलले वल्भ्ससँग १२ मे मा प्रतिस्पर्धा गर्दैछ । लिग अन्तर्गतकै अन्य खेलमा वेष्ट ह्यामले साउथ ह्याम्पटनलाई ३(०ले पराजित गरेको छ । त्यस्तै बर्नमाउथले टोट्यानह्यामलाई १(०ले पराजित गरेको छ ।