१४ असार २०८३, आईतवार
,
Latest
पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठुलो संघर्षपछि लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तगर्त आइतबार बिहान भएको खेलमा न्यु क्यासल युनाइटेडमाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल शीर्षस्थनमा पुगेको छ ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि भर्जिल भान डाइक, मोहम्मद सलाह र डिभक ओरिजीले गोल गरे भने उस्तै प्रदर्शन देखाएको युनाइटेडकातर्फबाट २ गोल फर्काउन क्रिस्टियन अट्सु र जोसे सलोमन रन्डमको योगदान रह्यो ।

भर्जिल भान डाइकको गोलबाट सुरुवाती समयमा नै अग्रता बनाएको लिभरपुलले ट्रेन्ट एलेक्सन्डर अर्नोल्डको पासमा १३औं मिनेटमा पहिलो गोल पाएको थियो । उता क्यासलका अट्सुले ७ मिनेट नबितदै गोलफर्काएका थिए ।

निकै रोमाञ्चक बनेको खेलमा २८औं मिनेटमा मोहम्मद सलाहले अर्नोल्डकै पासमा गोल गरेपछि लिभरपुलले फेरी अग्रता बनाएको थियो । पहिलो हाफ यतिमै सिमित रह्यो ।

५४औं मिनेटमा जोसे सलोमनले गोल गरेपछि खेललाई बराबरीमा ल्याए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डिभक ओरिजीले गोल गर्दै लिभरपुललाई ३–२ को महत्वपुर्ण जित दिलाए । ओरिजी ७३औं मिनेटमा फरवार्ड मोहम्मद सलाहको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।

योसँगै लिभरपुल २ अंकको अग्रताका साथ शीर्ष स्थानमा पुगेको छ भने उपाधिका लागि म्यानचेस्टर सिटीमाथि दवाव बढाएको छ । लिभरपुलको ३७ खेलबाट ९४ अंक रहेको छ । सिटीले १ खेल कम खेलेर दोस्रो स्थानमा छ र सोमबार राति लेस्टर सिटीसँग खेल्दैछ । सिटीले लेस्टर सिटी र ब्राइटनसँग खेल्न बाँकी छ ।
लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बन्न बाँकी एक खेलमा जित निकाल्नुका साथै सिटीले अंक गुमाउने पर्ने हुन्छ । अन्तिम खेलमा लिभरपुलले वल्भ्ससँग १२ मे मा प्रतिस्पर्धा गर्दैछ । लिग अन्तर्गतकै अन्य खेलमा वेष्ट ह्यामले साउथ ह्याम्पटनलाई ३(०ले पराजित गरेको छ । त्यस्तै बर्नमाउथले टोट्यानह्यामलाई १(०ले पराजित गरेको छ ।