१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा उपाधि उचालिसकेको बार्सिलोना सेल्टा भिगासँग पराजित



अ+ अ-

काठमाडौं । यस सिजनको ला लिगा उपाधि उचालिसकेको बार्सिलोना पराजित भएको छ ।

गएराति भएको खेलमा सेल्टा भिगोसँग बार्सिलोना २-० ले पराजित भएको हो । स्टार खेलाडी विना नै मैदानमा उत्रिएको बार्सिलोनालाई सेल्टा भिगोका गोमेज र असपासले गरेको गोल नै निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोश्रो हाफमा बार्सिलोना हार ब्यहोर्न पुग्यो ।

६७ औं मिनेटमा गोमेजले गोल गर्दै खाता खोलेका थिए भने खेलको ८८ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल गर्न सफल भएपछि हार ब्यहोर्न पुग्यो । उपाधि उचालिसकेकाले बार्सिलोनालाई अबको हारले भने कुनै फरक भने पर्दैन ।