• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

इजरायलले गरेको जवाफी कार्वाहीमा ४ को मृत्यु



काठमाडौं । आफ्नो क्षेत्रमा चरमपन्थी समुहले २ सय भन्दा बढी रकेटबाट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी कार्वाही गर्दा ४ जनाको मृत्यु भएको छ ।

कार्वाहीमा परी १४ महिने बालकको पनि ज्यान मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । उता चरमपन्थी समुहले गरेको आक्रमणका कारण तीन जना इजरायली सेना गम्भीर घाईते भएका छन् भने गाजा क्षेत्रमा पर्ने इजरायल तर्फका घरहरुमा ठुलो मात्रामा क्षति पुगेको छ ।

चरमपन्थीको आक्रमण पछि दक्षिण इजरायल खतराको संकेतस्वरुप साइरन पनि बजाइएको बताइएको छ । त्यसपछि मानिसहरु लुक्नका लागि सुरक्षित स्थान तर्फ भागेका थिए । इजरायलमा अप्रिलमा भएको चुनावको बेला दुवैतर्फबाट संघर्षविराम भएको थियो । तर, अहिले फेरि तनाव बढेको छ ।