१७ भाद्र २०८३, बुधबार
,
Latest
जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा क्षेत्रमा थप हवाई आक्रमण गर्न इजरायली प्रधानमन्त्रीको आदेश



अ+ अ-

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजा पट्टिका आतङ्ककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिएका छन् ।

गाजा पट्टिबाट इजरायलतर्फ भएको रकेट प्रहारको प्रतिक्रिया स्वरुप सो आदेश दिइएको बताइएको छ । गाजा पट्टिमा रहेका आतङ्ककारी तत्व भीषण रुपमा हवाई आक्रमण गर्नको लागि नेतान्याहुले मन्त्री मण्डलको छलफलको शुरुमा नै बताएका थिए ।

शनिबारबाट गाजातर्फबाट हमास समूहले ४ सय ५० भन्दा बढी रकेट आक्रमण गरेको इजरायलको दाबी रहेको छ । यता गाजाका अधिकारीहरुले इजरायलले गरेको हवाई आक्रमणमा दुई आतङ्ककारीसहित छ जनाको मृत्यु भएको समाचार दिएको छ ।

हवाई आक्रमणमा गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनि गाजाको अधिकारीहरुले गरेका दाबीको इजरायली सेनाले अस्विकार गरेको छ । हमास समूहले गरेको गोली प्रहारमा उनीहरुको मृत्यु भएका इजरायली सेनाको दाबी रहेको छ ।

गाजाको सीमा इलाकामा पर्ने इजरायलको आसकेलोन सहरमा गाजातर्फबाट रातभर भएको रकेट आक्रमणमा परी ५८ वर्षीय एक इजरायली नागरिकको मृत्यु भएको इजरायली प्रहरीले जानकारी दिएको छ ।