५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा क्षेत्रमा थप हवाई आक्रमण गर्न इजरायली प्रधानमन्त्रीको आदेश



अ+ अ-

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजा पट्टिका आतङ्ककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिएका छन् ।

गाजा पट्टिबाट इजरायलतर्फ भएको रकेट प्रहारको प्रतिक्रिया स्वरुप सो आदेश दिइएको बताइएको छ । गाजा पट्टिमा रहेका आतङ्ककारी तत्व भीषण रुपमा हवाई आक्रमण गर्नको लागि नेतान्याहुले मन्त्री मण्डलको छलफलको शुरुमा नै बताएका थिए ।

शनिबारबाट गाजातर्फबाट हमास समूहले ४ सय ५० भन्दा बढी रकेट आक्रमण गरेको इजरायलको दाबी रहेको छ । यता गाजाका अधिकारीहरुले इजरायलले गरेको हवाई आक्रमणमा दुई आतङ्ककारीसहित छ जनाको मृत्यु भएको समाचार दिएको छ ।

हवाई आक्रमणमा गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनि गाजाको अधिकारीहरुले गरेका दाबीको इजरायली सेनाले अस्विकार गरेको छ । हमास समूहले गरेको गोली प्रहारमा उनीहरुको मृत्यु भएका इजरायली सेनाको दाबी रहेको छ ।

गाजाको सीमा इलाकामा पर्ने इजरायलको आसकेलोन सहरमा गाजातर्फबाट रातभर भएको रकेट आक्रमणमा परी ५८ वर्षीय एक इजरायली नागरिकको मृत्यु भएको इजरायली प्रहरीले जानकारी दिएको छ ।