६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नई समुह चरणको अन्तिम खेलमा पराजित , अंक तालिकामा भने शिर्ष स्थानमै



अ+ अ-

काठमाडौँ । ईन्डीयान प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पंजाव समुह चरणको अन्तिम खेलमा बिजयी भएको छ । पंजावले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १७१ रनको लक्ष्य पंजावले १८ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पंजावका लागि केएल राहुलले सर्वाधिक ७१ रन बनाएका थिए भने निकोलस पुरनले ३६ , क्रिस गेलले २८ रन बनाएर आउट भएका थिए । त्यस्तै मनदीप सिंहले ११ रन बनाएका थिए ।

चेन्नईका बलर हरभजन सिंहले ३ विकेट लिएका थिए । महँगो साबित भएका हरभजनले ४ ओभरमा ५७ रन दिएर तीन विकेट लिएका थिए । त्यस्तै रविन्द्र जड़ेजाले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १७० रन बनाएको थियो ।

पंजावका बलर साम कुरानले ३ विकेट लिए भने मोहमद सामीले २ विकेट लिएका थिए ।

प्रतियोगितामा पंजाव प्लेअफमा नपुग्दै आउट भैसकेको छ भने अन्तिम खेल जितेर सान्त्वना जित हासिल गरेको छ ।

चेन्नई यो खेलमा पराजित भएपनि अंक तालिकामा शिर्ष स्थानमै रहेको छ । तर एक खेल कम खेलेको मुम्बईले आफ्नो अन्तिम खेल जितेमा शिर्ष स्थानमा पुग्ने अवसर पाउने छ । मुम्बईले जितेमा हाल दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स तेस्रो स्थानमा पुग्ने छ । त्यस्तै कोलकोताले जितेमा प्लेअफमा पुग्ने चौथो टिम बन्ने छ ।

मुम्बईले यस सिजनको आइपिएलको समुह चरणको अन्तिम खेल आजै खेल्दै छन् ।