२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नई समुह चरणको अन्तिम खेलमा पराजित , अंक तालिकामा भने शिर्ष स्थानमै



अ+ अ-

काठमाडौँ । ईन्डीयान प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पंजाव समुह चरणको अन्तिम खेलमा बिजयी भएको छ । पंजावले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १७१ रनको लक्ष्य पंजावले १८ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पंजावका लागि केएल राहुलले सर्वाधिक ७१ रन बनाएका थिए भने निकोलस पुरनले ३६ , क्रिस गेलले २८ रन बनाएर आउट भएका थिए । त्यस्तै मनदीप सिंहले ११ रन बनाएका थिए ।

चेन्नईका बलर हरभजन सिंहले ३ विकेट लिएका थिए । महँगो साबित भएका हरभजनले ४ ओभरमा ५७ रन दिएर तीन विकेट लिएका थिए । त्यस्तै रविन्द्र जड़ेजाले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १७० रन बनाएको थियो ।

पंजावका बलर साम कुरानले ३ विकेट लिए भने मोहमद सामीले २ विकेट लिएका थिए ।

प्रतियोगितामा पंजाव प्लेअफमा नपुग्दै आउट भैसकेको छ भने अन्तिम खेल जितेर सान्त्वना जित हासिल गरेको छ ।

चेन्नई यो खेलमा पराजित भएपनि अंक तालिकामा शिर्ष स्थानमै रहेको छ । तर एक खेल कम खेलेको मुम्बईले आफ्नो अन्तिम खेल जितेमा शिर्ष स्थानमा पुग्ने अवसर पाउने छ । मुम्बईले जितेमा हाल दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स तेस्रो स्थानमा पुग्ने छ । त्यस्तै कोलकोताले जितेमा प्लेअफमा पुग्ने चौथो टिम बन्ने छ ।

मुम्बईले यस सिजनको आइपिएलको समुह चरणको अन्तिम खेल आजै खेल्दै छन् ।