२ भाद्र २०८३, मंगलवार
,
Latest
केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईसँग टिक्न सकेन कोलकाता, हैदराबाद ‘प्लेअफ’मा



अ+ अ-

काठमाडौं । इण्डियन प्रिमियर लिगमा आइतबार राती भएको खेलमा मुम्बई इण्डियन्स बिजयी भएको छ । मुम्बई इण्डियन्स बिजयी भएसंगै कोलकाता नाइट राइडर्स ‘प्लेअफ’बाट बाहिरिएको हो।

मुम्बईले कोलकोतालाई २३ बल बाँकी छँदा ९ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो। यस हारले सनराइजर्स हैदराबाद रनरेटका आधारमा ‘प्लेअफ’मा पुगेको छ।

यस्तै जितसँगै मुम्बई लिगको शीर्ष दुईमा पुगेको छ।

अनिवार्य जितको लक्ष्यका साथ मैदानमा उत्रेको कोलकाताले पहिले ब्याटिङ गर्दै सात विकेटको नोक्सानीमा १३३ मात्र बनाउन सक्यो। त्यसपछि १३४ रनको जवाफी लक्ष्य पछ्याउन आएको मुम्बईले सो लक्ष्य मात्र एक विकेटको क्षतिमा १६.१ ओभरमा हासिल गर्‍यो।

मुम्बईका लागि रोहित शर्माले ४८ बलमा अविजित ५५ रन जोडे, यस क्रममा उनले ८ चौका प्रहार गरे। यस्तै क्वीटनले २३ बलमा ३० रन जोडे भने सूर्यकुमार यादवले नटआउट ४६ रन जोडे।

हिजोको खेलमा कोलकोतालाई आन्द्रे रसेल खराब प्रदर्शन र रोविन उथप्पाको सुस्त ब्याटिङ महँगो पर्‍यो। कोलकातालाई २९ बलमा ४१ रन जोड्दै क्रिस लिनले राम्रो सुरूवात दिलाएका थिए भने उथप्पाले ४७ बलमा ४० रन बनाएर सुस्त खेले।

यी दुईका अलावा नितिश राणाले १३ बलमा २६ रन जोड्नु बाहेक कोलकाताका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन।

मुम्बईका लागि लसिथ मलिंगाले ३ विकेट लिए भने हार्दिक पाड्या र जसप्रीत बुमराहले समान २-२ विकेट लिए।