१४ असार २०८३, आईतवार
,
Latest
कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयाक्सले जित्यो डच कप



अ+ अ-

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको उपाधि दौडमा रहेको आयाक्सले डच कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा विलियमलाई ४–० गोलले हराउँदै आयाक्स च्याम्पियन बनेको हो ।

आयक्स सर्वाधिक १९ पटक डच कप जित्ने टोली हो । त्यसपछि फेएनोर्डले १३ पटक जितेको छ । यसपटक भने आयाक्सले नौ बर्षपछि उपाधि जित्न सफल भयो । एकपक्षीय खेलमा आयाक्सको जितमा डेले ब्वाइनडले ३८औं मिनेटमा गोलको खाता खोले ।

क्लास जाउन हुन्टेलारले ३९औं र ६७औं मिनेटमा दुई गोल थपे । ७६औं मिनेटमा रासमुस निशानले गोल गर्दै आयाक्सलाई फराकिलो जित दिलाए । यस सजिन उच्च लयमा देखिएको आायक्स च्याम्पियन्स लिगसँगै घरेलु लिगको पनि उपाधि दौडमा छ । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल खेलको पहिलो खेलमा आयाक्सले इङ्लिस क्लब टोट्टनहामलाई १–० गोलले हराएको छ । दोस्रो लेग यही बुधबार आयाक्सको मैदानमा हुनेछ ।