३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर रेणु दाहाल सडकमा, सुरक्षा सप्ताह उद्घाटन



अ+ अ-

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक दुर्घटना न्यूनीकरणका लागि आजदेखि सडक सुरक्षा सप्ताह २०७६ शुरु गरेको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले उक्त सप्ताह शुभारम्भ गर्दै यसबाट सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयोे ।

जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढेको हो भन्दै उहाँले चापलाई व्यवस्थापन गर्न सक्नु पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । सप्ताहको पहिलो दिन आज नारायणगढको पुल्चोकदेखि चौबिस कोठीसम्म सरसफाइ, २४ गते दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना र्याली, २५ गते स्कुल कलेज सम्पर्क कार्यक्रम र सवारी चालक तथा परिचालकको स्वास्थ्य प्रशिक्षण, २६ गतेदेखि २८ गतेसम्म वडास्तरीय प्रशिक्षण अभियान, २७ गते स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तरक्रिया, २८ गते दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन र २९ गते समापन गरिने कार्यालयका नायब प्रहरी निरीक्षक कृष्णबहादुर ठकुरीले जानकारी दिनुभयो ।