• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo

फोरम र नयाँ शक्ति एकता



काठमाडौं । नयाँ वैकल्पिक राजनीतिक शक्तिका रुपमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबिच एकता भएको छ । दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ ।

नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपाल मिलेर समाजवादी पार्टी नेपाल बनेको हो । घोषणासभामा भट्टराई र यादवले नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ।

उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार समाजवादी पार्टीले संविधान संशोधन गरेर ११ प्रदेश बनाउनुपर्ने बताएको छ ।