२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई लाग्यो ठुलो झट्का, बार्सिलोनाविरुद्ध सलाह र फिर्मिनो नखेल्ने



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लिग अगाडी लिभरपुललाई ठुलो झट्का लागेको छ ।

गत शनिवार न्युक्यासलविरुद्धको खेलमा घाइते भएका लिभरपुलका मोहमद सलाह बार्सिलोनाविरुद्धको सो खेलमा नखेल्ने भएपछि लिभरपुल ब्याकफुटमा आएको छ ।

लिभरपुलका म्यानेजर जर्गन क्लोपले बार्सिलोनाविरुद्धको खेलमा सलाह नखेल्ने जानकारी दिएका हुन् ।

पहिलो लिगमा बार्सिलोनासँग ३(० ले पराजित भएको लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा घरेलु मैदानको फाइदा उठाउदै बार्सिलोनालाई कम्तिमा ३(० गोल अन्तरले पराजित गर्नुपर्ने छ ।

लिभरपुलले अर्का फरवार्ड रोबर्टो फिर्मिनो पनि बार्सिलोनाविरुद्धको खेलमा नखेल्ने यस अघि नै जानकारी गराएको छ । यसरी सिजनकै महत्वपूर्ण खेलमा लिभरपुलले सलाह र फिर्मिनोलाई गुमाएको छ ।

म्यानेजर क्लोपले भने, ‘सलाह भोलि खेल्ने छैनन्, उसको इन्जुरीमा सुधार हुदै छ तर भोलिको खेलमा सक्दैनन् ।’

२६ बर्षिय इजिप्टका फरवार्ड सलाहले यस सिजनमा प्रिमियर लिगमा २२ गोल गर्दै लगातार दोस्रो बर्ष गोल्डेन बुट जित्ने तयारीमा रहेका छन् । म्यानेजर क्लोपले सलाह लिगको अन्तिम खेल वोल्भसविरुद्ध भने सलाह खेल्न सक्ने विश्वास व्यक्त गरे ।

बार्सिलोनाविरुद्धक ओखेल बारे चर्चा गर्दै क्लोपले हाम्रो अगाडी गोल गरेर जित्ने मात्र होइन बार्सिलोनालाई गोल गर्न नदिने चुनौती समेत रहेको बताए । विश्वका ‘दुई उत्कृष्ट स्ट्राइकर बार्सिलोनाविरुद्ध उपलब्ध छैनन् र हामीले बार्सिलोनाविरुद्ध ४ गोल गर्नुपर्ने छ, जुन सजिलो काम होइन तर हामीले कोशिश गर्ने छौ ।’ उनले भने ।