६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधिको लागी इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक भिड्न्त हुने



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको भिड्न्त रोमाञ्चक हुने भएको छ । सोमबार राति भएको ३७ औँ खेलमा शर्षी स्थानको म्याचेस्टर सिटीले लेस्टर सिटीमाथि १ गोलअन्तरले जित निकालेपछि खेलमा थप रोमाञ्चकता थपिएको हो ।

म्याचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा खेलको ७० औँ मिनेटमा कप्तान भिसेन्ट कोम्पनीले एमेरिक लापोर्टोको पासमा गोल गरे । योसँगै सिटीले ३ अंक थप गर्दै पहिलो स्थानमा पुग्यो भने लेस्टरमाथि जित निकाल्यो ।

उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीले लास्ट राउन्डको खेलमा कठिन जित निकालेको हो । अब प्रिमियर लिगमा एक राउन्डको खेलमात्र बाँकी रहँदा लिभरपुल भन्दा १ नम्बरले अगाडि रहेको म्यानचेस्टरलाई उपाधिका लागि संघर्ष गर्नू पर्ने भएको छ ।

अब उपाधिका लागि १ खेलबाँकी रहँदा सिटी र लिभरपुलको भाग्य देखिने छ । सिटीले अन्तिम खेल ब्राइटनसँग खेल्दैछ । ब्राइटनलाई पराजित गरे सिटी च्याम्पियन बन्नेछ । उता लिभरपुलले जित निकालेर मात्रै च्याम्पियन बन्न नसकिने अवस्था छ । लिभरपसलले च्याम्पियनका लागि सिटीले अंक गुमाउनु पर्नेछ भने आफुले जित निकाल्नुपर्नेछ ।

लिगको अन्तिम राउन्ड मे १२ मा हुँदैछ । सोहि दिन सिटीले ब्राइटनसँग तथा लिभरपुलले वल्भ्ससँग खेल्दैछ ।