२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधिको लागी इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक भिड्न्त हुने



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको भिड्न्त रोमाञ्चक हुने भएको छ । सोमबार राति भएको ३७ औँ खेलमा शर्षी स्थानको म्याचेस्टर सिटीले लेस्टर सिटीमाथि १ गोलअन्तरले जित निकालेपछि खेलमा थप रोमाञ्चकता थपिएको हो ।

म्याचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा खेलको ७० औँ मिनेटमा कप्तान भिसेन्ट कोम्पनीले एमेरिक लापोर्टोको पासमा गोल गरे । योसँगै सिटीले ३ अंक थप गर्दै पहिलो स्थानमा पुग्यो भने लेस्टरमाथि जित निकाल्यो ।

उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीले लास्ट राउन्डको खेलमा कठिन जित निकालेको हो । अब प्रिमियर लिगमा एक राउन्डको खेलमात्र बाँकी रहँदा लिभरपुल भन्दा १ नम्बरले अगाडि रहेको म्यानचेस्टरलाई उपाधिका लागि संघर्ष गर्नू पर्ने भएको छ ।

अब उपाधिका लागि १ खेलबाँकी रहँदा सिटी र लिभरपुलको भाग्य देखिने छ । सिटीले अन्तिम खेल ब्राइटनसँग खेल्दैछ । ब्राइटनलाई पराजित गरे सिटी च्याम्पियन बन्नेछ । उता लिभरपुलले जित निकालेर मात्रै च्याम्पियन बन्न नसकिने अवस्था छ । लिभरपसलले च्याम्पियनका लागि सिटीले अंक गुमाउनु पर्नेछ भने आफुले जित निकाल्नुपर्नेछ ।

लिगको अन्तिम राउन्ड मे १२ मा हुँदैछ । सोहि दिन सिटीले ब्राइटनसँग तथा लिभरपुलले वल्भ्ससँग खेल्दैछ ।