३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका प्रधानमन्त्रीमाथि अण्डा प्रहार



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसोनलाई चुनाव प्रचारका क्रममा एकजना विरोधकर्ताले मंगलवार अण्डा प्रहार गरेका छन् ।

अण्डा मोरिसोनको टाउकोमा लाग्यो तर फुटेन, स्थानीय सञ्चारमाध्यमले बताए । यस घटनाका कारण एक वृद्ध महिला भुइँमा लडेकी छन् ।

अण्डा फाल्ने २५ वर्षीया महिलालाई नियन्त्रणमा लिइएको र पछि प्रहरीले पक्राउ गरेको थियो ।

मोरिसोनले अण्डा फाल्ने व्यक्ति डरछेरुवा भएको टिप्पणी गरे ।

राजधानी क्यानबेराभन्दा ३३० किलोमिटर पर रहेको आल्बरीमा यो घटना भएको हो ।

मोरिसोनले पछि सुरक्षा कर्मचारीलाई तत्कालै हस्तक्षेप गरेकोमा प्रशंसा गरे अनि वृद्धा महिलाप्रति चिन्ता व्यक्त गरे । ती वृद्धाको नाम मार्गरेट ब्याक्सटर भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भीगन अभियन्ताहरूले हालैका दिनमा कृषकहरूको विरोध हालैका दिनमा गरिरहेका छन् । यो घटना पनि त्यही सिलसिलामा भएको हो कि छुट्टै हो भन्ने विषयमा प्रहरीले अनुमान लगाएको छैन ।