१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु



अ+ अ-

बग्दाद । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

राजधानी बगदादबाट करिब ५५० किलोमिटर दक्षिणमा रहेको मध्य बसराको अल(सोमोदमा फसेको मोटरसाइकलमा दिउँसो विष्फोट भएको इराकी संयुक्त अपरेशन कमाण्ड (जेओसी) को मिडिया कार्यालयले विज्ञप्ति मार्फत् जनाएको छ।

बसरा स्वास्थ्य विभागको प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, विष्फोटले नजिकैका दुईवटा नागरिक कारहरूमा आगजनी गरेको छ जसमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

घटनाको बारेमा थप जानकारी पछि सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ ।  विष्फोटक विज्ञ र सुरक्षा बलले विष्फोट भएको ठाउँमा अनुसन्धान गरिरहेको छ। (रासस-सिन्ह्वा)