२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयताका मर्म विपरीत नीति तथा कार्यक्रमः संयोजक भण्डारी



अ+ अ-

जनकपुर । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरतसिंह भण्डारीले सङ्घीयताका मर्म विपरीत सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको बताउनुभएको छ ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिगमनको दिशातर्फ उन्मुख भएको देखिन्छ ।”

संयोजक भण्डारीले ‘मेरो सरकार’ भनेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अग्रगमन नभई प्रतिगमनको सङ्केत हो भन्दै सरकारले केन्द्रीय मानसिकताले कार्यक्रम प्रस्तुत गरेको धारणा व्यक्त गर्नुभयो ।

संविधानप्रति असन्तुष्टिको सम्बोधन नगरी सरकारले विभेदको चरित्र प्रदर्शन गरेको उल्लेख गर्दै उहाँले संविधानमा भएको त्रृटिलाई सच्याइ अवयवलाई पूर्णता नदिएसम्म आफ्नो दल आन्दोलनमा रहने बताउनुभयो ।

उहाँले सरकार न्यायपालिकालाई गलत बाटोतर्फ लैजाने क्रियाकलाप गरिरहेको आरोप पनि लगाउनुभयो ।