३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयताका मर्म विपरीत नीति तथा कार्यक्रमः संयोजक भण्डारी



अ+ अ-

जनकपुर । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरतसिंह भण्डारीले सङ्घीयताका मर्म विपरीत सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको बताउनुभएको छ ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिगमनको दिशातर्फ उन्मुख भएको देखिन्छ ।”

संयोजक भण्डारीले ‘मेरो सरकार’ भनेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अग्रगमन नभई प्रतिगमनको सङ्केत हो भन्दै सरकारले केन्द्रीय मानसिकताले कार्यक्रम प्रस्तुत गरेको धारणा व्यक्त गर्नुभयो ।

संविधानप्रति असन्तुष्टिको सम्बोधन नगरी सरकारले विभेदको चरित्र प्रदर्शन गरेको उल्लेख गर्दै उहाँले संविधानमा भएको त्रृटिलाई सच्याइ अवयवलाई पूर्णता नदिएसम्म आफ्नो दल आन्दोलनमा रहने बताउनुभयो ।

उहाँले सरकार न्यायपालिकालाई गलत बाटोतर्फ लैजाने क्रियाकलाप गरिरहेको आरोप पनि लगाउनुभयो ।