२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

यादव फिट, मुम्बई हिट, चेन्नईमाथी ६ विकेटको जित



अ+ अ-

काठमाडौँ । यस अघि तीन पटक आइपिएलको उपाधि जितेको मुम्बई इण्डियन्स फाइनलमा पुगेको छ । चेन्नई सुपरकिंग्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

चेन्नईले दिएको १३२ रन पछाएको मुम्बईले १८.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले अविजित ७१ रन बनाएका थिए । त्यस्तै इशान किसनले २८ र हार्दिक पाण्डेयले अविजित १३ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित शर्मा ४ र क्वेन्टन डी कक ८ रन बनाएर आउट भएका थिए ।

चेन्नईका बलर इमरान ताहिरले २ विकेट लिएका थिए भने हरभजन सिंह र दिपक चहरले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै १३१ रन बनाएको थियो ।

आइपिएल अन्तर्गत आज इलिमिनेटरको खेल अन्तर्गत दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा चेन्नई सुपरकिंग्ससँग खेल्ने छ ।