१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

तपाईहरु देउवा हैन, पौडेल पनि हैन केवल नेपाली कांग्रेस भन्नुस् : पौडेल

तपाईहरु देउवा हैन, पौडेल पनि हैन केवल नेपाली कांग्रेस भन्नुस् : पौडेल
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अराजकतर्फ उन्मुख भएको आरोप लगाएका छन्। उनले न्यायपालिका, व्यवस्थापिका र अख्तियारलाई समेत मुट्ठिमा लिएर सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाएका हुन्।

नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईँले रामेछाप नगरपालिकालाई उपलब्ध गराएको शव वहान हस्तान्तरण गर्न रामेछाप बजारमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सरकार अधिनायकवादतर्फ उन्मुख भएको दोहोर्‍याए।

उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारको अधिकार धमाधम कटौति गरेर केन्द्रिकृत शासन सत्ता लाद्न खोजेको आरोप लगाए। पौडेलले कांग्रेस पार्टीभित्र पनि एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्तिले पार्टी बिग्रिएको टिप्पणी गरे। उनले भने- ‘तपाईहरु देउवा पनि नबन्नुस, पौडेल पनि नबन्नुस्, तपाईहरु केवल नेपाली कांग्रेस भन्नुस्।’

कार्यक्रममा पूर्व अर्थमन्त्री रामशरण महतले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु आफ्नो कार्यक्रम भन्दै ओली सरकारले जनतालाई झुक्याइरहेको बताए। उनले वर्तमान सरकारका नेताहरु प्रचारमूखि र सुविधा भोगि भएर देशको अर्थतन्त्र तहस नहस पारेको आरोप लगाए । अन्नपूर्णबाट ।