६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाईहरु देउवा हैन, पौडेल पनि हैन केवल नेपाली कांग्रेस भन्नुस् : पौडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अराजकतर्फ उन्मुख भएको आरोप लगाएका छन्। उनले न्यायपालिका, व्यवस्थापिका र अख्तियारलाई समेत मुट्ठिमा लिएर सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाएका हुन्।

नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईँले रामेछाप नगरपालिकालाई उपलब्ध गराएको शव वहान हस्तान्तरण गर्न रामेछाप बजारमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सरकार अधिनायकवादतर्फ उन्मुख भएको दोहोर्‍याए।

उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारको अधिकार धमाधम कटौति गरेर केन्द्रिकृत शासन सत्ता लाद्न खोजेको आरोप लगाए। पौडेलले कांग्रेस पार्टीभित्र पनि एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्तिले पार्टी बिग्रिएको टिप्पणी गरे। उनले भने- ‘तपाईहरु देउवा पनि नबन्नुस, पौडेल पनि नबन्नुस्, तपाईहरु केवल नेपाली कांग्रेस भन्नुस्।’

कार्यक्रममा पूर्व अर्थमन्त्री रामशरण महतले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु आफ्नो कार्यक्रम भन्दै ओली सरकारले जनतालाई झुक्याइरहेको बताए। उनले वर्तमान सरकारका नेताहरु प्रचारमूखि र सुविधा भोगि भएर देशको अर्थतन्त्र तहस नहस पारेको आरोप लगाए । अन्नपूर्णबाट