२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीन गरीब अब पक्कीघरमा बस्न पाउने



अ+ अ-

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका भूमिहीन गरीब अब पक्कीघरमा बस्न पाउने भएका छन् ।

जनता आवास कार्यक्रमअन्तर्गत आज बर्दिवास–१३ विजलपुराको मुसहरीटोलबाट पक्कीघर निर्माण काम थालिएको हो । यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७५÷७६ भित्र ३६ घर निर्माण गरिने नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए ।

नगरपालिकाले पहिलो चरणमा वडा नं– ६, ८ र १२ मा पक्कीघर बनाउने काम थालेको छ । वडा कार्यालयले सिफारिस गरेका सुकुुम्वासी, भूमिहीन र गरीबका लागि पक्कीघर निर्माणको काम थालिएको प्रमुख कार्कीको भनाइ छ ।

अव्यवस्थित बस्ती, भूमिहीन, घर नभएका र पराले झुप्रोमा गुजारा गर्दै आएका गरीबलाई यस कार्यक्रममा छनोट गरिएको छ । चार कोठे यि घरमा शौचालय, सडक, विद्युत् र खानेपानीको सुविधासमेत रहने कटुवालको भनाइ छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत तराई–मधेश समृिद्ध कार्यक्रम र नगरपालिकाको संयुक्त बजेटमा करीब रु तीन करोडको लागतमा पहिलोचरणका ३६ घरको काम थालिएको हो ।एक तले भूकम्पप्रतिरोधी घर निमार्ण गर्न एक घरमा रु सात लाख ५० हजार लाग्ने बताइएको छ ।