२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनका टाउकोमा अण्डा प्रहार



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनका टाउकोमा अण्डा प्रहार गरिएको छ । न्यु साउथ वेल्सको अबलरीमा चुनावी अभियानका क्रममा रहेका मरिसनले महिलाहरूसँग कुरा गरिरहेका बेला एक युवतीले टाउकोमा अण्डा प्रहार गरेकी हुन् ।

सञ्चारमाध्यमद्वारा सार्वजनिक भिडियोमा मरिसनलाई प्रहार गरिएको अण्डा नफुटी उछिट्टिएको देखिन्छ । त्यस लगतै भुईँमा खसेको अण्डा घटनास्थलमा रहेका पत्रकारले नफुटेकै अवस्थामा टिपेर देखाएका थिए ।

अण्डा प्रहार गर्ने २५ वर्षीय युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री मरिसनले आफूमाथिको आक्रमण ‘कायर’ कदम भएको टिप्पणी गरेका छन् । उनले आक्रमण गर्ने युवतीलाई तत्काल नियन्त्रणमा लिएको भन्दै सुरक्षाकर्मीको प्रशंसा गरे ।

मरिसन अण्डा प्रहारको सिकार हुने यसवर्षका पहिलो अस्ट्रेलियाली राजनीतिकर्मी हुन् । यसअघि गत मार्चमा सिनेटर फ्रासर एनिङलाई एक युवाले अण्डाले हानेका थिए । अण्डा प्रहार गर्ने १७ वर्षीय युवालाई प्रहरीले सचेत गरेर छाडेको थियो ।