३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सुत्केरीको सालनाल बिरामीकै झोलामा

सुत्केरीको सालनाल बिरामीकै झोलामा
अ+ अ-
Young girl holding grandma’s hand in hospital

कनकाई । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् ।

एक महीनामा १० सम्म सुत्केरी गराउँदै आएको यस स्वास्थ्य केन्द्रमा प्लासेन्टा ९सालनाल० को व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा सुत्केरीलाई नै झोलामा हालेर घर पठाउने गरेको केन्द्रकी प्रसूति सेवातर्फकी स्वास्थ्यकर्मी खुश्बु शिवाले बताउनुभयो । फोहरजन्य पदार्थ नष्ट गर्ने कन्टेनरको व्यवस्था स्वास्थ्य केन्द्रको आसपासमा केही पनि नभएकाले प्लासेन्टा नष्ट गर्न सुत्केरीलाई नै दिनुपर्ने बाध्यता भएको उहाँको भनाइ छ ।

अस्पतालबाट सालनाल झोलामा बोकेर घरतर्फ लैजान अनुरोध गर्दा धेरैजसो सुत्केरीका अभिभावक रिसाउने गरेको भए पनि स्वास्थ्य केन्द्रमा यसको उचित व्यवस्थापनको विकल्प नहुँदा स्वास्थ्यकर्मी नै चुपचाप बस्नुपर्ने बाध्यता भएको प्रसूति सेवातर्फकै स्वास्थ्यकर्मी उषा सुवेदीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको नर्सिङ फाँटतर्फको इञ्चार्जका रूपमा स्टाफ नर्स सरस्वती मास्केको नेतृत्वमा अन्य पाँच अनमी सङ्गीता अधिकारी, अम्बिका मैनाली, यशोदा कटुवाल, खुश्बु शिवा र उषा सुवेदी कार्यरत हुनुहुन्छ । केन्द्रको नर्सिङ फाँटमार्फत हाल प्रसूति सेवा, गर्भवती जाँच, परिवार नियोजन सेवा, गर्भपतनलगायतका सेवा दिइँदै आएको बताइएको छ ।

सुविधासम्पन्न शहरी अस्पतालको रूपमा सञ्चालनको तयारीमा पुगेको यस स्वास्थ्य केन्द्रमा दुई वर्ष अघिदेखि नै स्वास्थ्य सेवा कमजोर बन्दै गएको स्थानीयवासी बताउँछन् । जनप्रतिनिधिले स्थानीय सरकारको नेतृत्व सम्हालेसँगै प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको सेवा अव्यवस्थित बन्दै गएको केन्द्रकै जिम्मेवार स्वास्थ्यकर्मी बताउँछन् । चार महीनाअघि मात्र स्वास्थ्य केन्द्रको जिम्मेवारी सम्हाल्न आउनुभएकी डा सच्चु थापाले अस्तव्यस्त रूपमा सञ्चालन भइरहेको स्वास्थ्य केन्द्रमा धेरै कुराको व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

दुई वर्षयता केन्द्रमा सिरिन्ज डडाउने इन्टिनेटर साथै सालनाल (प्लासेन्टा) नष्ट गर्ने कन्टेनरको अभाव हुँदा स्वास्थ्य केन्द्र आसपासमा नै वातावरण दुषित बन्दै गएको स्थानीयवासी प्रेम आचार्यले बताउनुभयो । स्वास्थ्य केन्द्रकै सामुन्ने सालनालसहितको फोहर थुपारेर आगो लगाउने गर्दा वातावरण दुषित भई स्थानीयवासीलाई समेत ठूलो असर परेकाले सरकारी अस्पातालबाट भएको यस किसिमको लापरवाही तत्काल रोक्नुपर्ने भन्दै स्थानीयवासीले आक्रोश पोखेका छन् ।

स्वास्थ्य केन्द्रको जिम्मेवारी सम्हाल्नुभएका कनकाई नगरका स्वास्थ्य संयोजक पोषराज त्रितालले स्वास्थ्य अस्पतालमा दुई वर्षअघिदेखि सिरिन्ज डडाउने इन्टिनेटर र सालनाल नष्ट गर्ने कन्टेनरका विषयमा आफूलाई केही पनि पत्तो नभएको जानकारी दिनुभयो । नगरपालिकाको कार्यालयमा नै नगर स्वास्थ्यको कार्यालय रहेकाले स्वास्थ्य संयोजक त्रिताल प्राथमिक स्वास्थ्य केन्द्रमा ज्यादै कम्ती आउने गरेको बताइएको छ ।

महीनामा एक पटक बस्ने सञ्चालक समितिको बैठकमा स्वास्थ्य केन्द्रका समस्याका विषयमा केन्द्रका चिकित्सक साथै स्वास्थ्यकर्मीले राखेका विषयमा समितिबाट सुनुवाइ भए पनि कार्यान्वयन नभएको बताइएको छ ।

समस्याको समाधान खोज्नुभन्दा पनि दुई वर्षअघिदेखि नै अब चाँडै नयाँ भवनमा गएपछि सबै समस्याको समाधान हुने कुरा मात्र समिति साथै स्थानीय सरकार प्रमुखबाट आउने गरेको केन्द्रकै स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । स्वास्थ्य केन्द्रको समस्या समाधानका विषयमा सञ्चालक समितिका अध्यक्ष रुद्रप्रसाद चिमरियाले समेत नयाँ भवनमा सरेपछि मात्र सबै कुराको व्यवस्थापन मिल्ने बताउनुभयो ।