२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यमोहन जोशीको जन्मोत्सवमा राष्ट्रपति सहभागी नहुने



अ+ अ-

ललितपुर । सत्यमोहन जोशीको जन्म दिनको कर्याक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी नहुने भएकी छिन् ।

जन्म दिनको कार्यक्रमा उपस्थित हुने भनिएपनि अन्तिम समयमा आएर राष्ट्रपतिको कार्यव्यस्तताले कार्याक्रममा सहभागी हुन नसक्ने जानकारी आएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

जोशीको जन्म दिनमा महानगर अन्तर्गतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिने भएको छ। वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्न लागेका उनको २०७७ साल वैशाख ३० गतेसम्म उत्सव मनाइनेछ ।

महानगरका अनुसार सत्यमोहन जोशी राष्ट्रको महत्वपूर्ण नीधि र अतुलनीय योगदानले राष्ट्रको कला, संस्कृति र साहित्य क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुर्‍याएको भन्दै सार्वजनिक बिदा दिने निणर्य गरेको मेयर चिरिबाबु महर्जनले बताए ।