२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी युरोपा लिगको फाइनलमा



अ+ अ-

काठमाडौं । शुक्रबार बिहान युरोपा लिग अन्तर्गत फाइनलका प्रवेशका लागि भएको खेलमा चेल्सीले घरेलु मैदानमा बराबरी खेलेपछि पेनाल्टीमार्फत जित निकालेको छ । जितसँगै चेल्सी आर्सनलविरूद्ध फाइनल पुगेको छ ।

रुबीन लोफ्टस चीकले २८ औ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिएका थिए । पहिलो हाफमा फ्रान्कफर्टले गोल फर्काउन सकेन तर दोस्रो हाफको सुरुमै फ्रान्कफर्टका लुका जोभिकले गोल फर्काएपछि स्थिती बराबरीमा आएको थियो ।

खेलको बाँकी समयमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि समग्रमा समेत २-२ को बराबरी रहेका दुबै टोली पेनाल्टीमा पुगेका थिए । पेनाल्टीमा ४-३ले जित्दै चेल्सी फाइनल प्रवेश गरेको हो । चेल्सीले अब २९ मेमा आर्सनलसँग खेल्ने छ । इडन हजार्डले विजयी पेनाल्टी गरेका थिए । युरोपमा लिग र च्याम्पियन्स लिगमा पहिलो पटक चारओटै इंग्लिस कलव लिभरपुल, टोटेनहम, आर्सनल र चेल्सी पुगेका छन् ।