२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२७ रोपनी गाँजाखेती नष्ट



अ+ अ-
फाईल फोटो

बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराले ठूलो परिमाणमा गाँजाखेती नष्ट गरेको छ । प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटको निर्देशनमा वैशाख २० गतेदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको २७ रोपनी गाँजाखेती नष्ट गरिएको हो ।

एक हप्ताको अवधिमा जिल्ला प्रहरी कार्यालय मार्तडीबाट खटिएको टोलीले बडीमालिका नगरपालिका–१ पाटामा १४ रोपनी, प्रहरी चौकी डोगडीबाट खटिएको टोलीले खप्तड छेडेदह गाउँपालिका–४ डोगडीमा छ रोपनी, प्रहरी चौकी कुन्नाबाट गएको टोलीले जगन्नाथ गाउँपालिका–१ को पीलुचौरमा एक रोपनी गाँजाखेती नष्ट गरेको प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।

त्यस्तै प्रहरी चौकी विच्छ्याबाट खटिएको टोलीले हिमाली गाउँपालिका–५ बिउडीगोली भन्ने स्थानमा एक रोपनी, अस्थायी प्रहरी पोष्ट जुड्डीबाट खटिएको टोलीले जगन्नाथ गाउँपालिका–२ जुड्डीमा चार रोपनी गाँजाखेती नष्ट गरेको छ । त्यस्तै अस्थायी प्रहरी पोष्ट धुलाचौरबाट खटिएको प्रहरी गस्तीले हिमाली गाउँपालिका–६ बोल्डीगमा एक रोपनी गाँजखेती नष्ट गरेको प्रहरी प्रमुख भाटले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी युनिटबाट परिचालन गरेर ठूलो परिमाणको गाँजाखेती नष्ट गरिएको प्रहरीले बताएको छ ।

वर्षौँदेखि गाँजाखेती हुने र ठूलो परिमाणमा चरेस उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठूलो चलखेल हुने गर्छ । प्रहरी नायब उपरीक्षक भाटले जिम्मेवारी सम्हालेपछि अवैध मदिरा नष्ट, जुवातास, समाजमा शान्ति सुरक्षा भाँड्ने व्यक्तिलाई कारवाहीदेखि छाउपडीगोठ भत्काउनेसम्मका अभियान चलाउनुभएको छ । वैशाख २० गतेदेखि शुरु गरिएको अवैध गाँजाखेती नष्ट गर्ने अभियान निरन्तर जारी रहेको भाटले बताउनुभयो ।

स्थानीयवासीले चरेस र अफिमलाई आम्दानीको स्रोतको रुपमा लिएको र नष्ट गर्दा पीडा महसुस गरे पनि यो खेती दीर्घकालीनरूपमा उनीहरुकै सन्तानका लागि घातक हुने प्रहरीको भनाइ छ । आम्दानीका अन्य उपाय अपनाउन खेती गर्ने किसानलाई प्रहरीले आग्रह गरेको छ । प्रहरीको गस्ती टोली नजाने जङ्गल छेउको पाखो जग्गामा गाँजाखेती हुने गरेको छ । यो समयमा हिउँदे गहुँबाली भित्र्याइसकेपछि त्यसमा प्रशस्त मात्रामा गाँजा हुने भएका कारण जिल्लाभरि नै नष्ट गर्ने अभियान रहेको प्रहरी नायब उपरीक्षक भाटको भनाइ छ ।

अवैध चरेस कारोबारी रोक्न गाँजाखेती नष्ट अभियान सञ्चालन गरेको प्रहरी प्रमुख भाटले बताउनुभयो । पहिलोपटक गाँजाखेती गर्ने वा गाँजा उत्पादन गर्नेलाई सम्झाउने समेत गरिएको छ । दोस्रोपटक सोही व्यक्तिले त्यस्तो कार्य गरेको पाइएमा कानूनी कारवाही गरिने बताइएको छ । जिल्लामा चरेसको कारोवारी भेटिन थालेपछि गाँजाखेती नष्ट गर्न जरुरी भएको उपरीक्षक भाटको भनाइ छ ।




भर्खरै