काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा शुक्रबार प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउने बताएका हुन् ।
मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरु नै लागेका भन्दै उनले अब कडा कदम चालेर भए पनि मेलम्ची ल्याउने बताए । ‘मलाई थाहा छैन, कसले रोक्छ मेलम्चीको पानी, सुरुङ खन्ने काम पनि मोर अर लेस सकिएको छ । सुन्दरीजलको पूर्वाधार पनि अन्तिम चरणमा छ’ उनले भने ‘तर अझै एक दुई वर्ष लाग्छ किन भन्छन्, मेलम्ची हाम्रै नेपालीहरुले रोकेका हुन् ।’
आफू प्रधानमन्त्री भएका बेला मेलम्ची आयोजनाको स्थलगत अनुगमनका जाँदा केही मानिसहरुले मेलम्ची आउन अझै एक दुई वर्ष लाग्छ भनेको स्मरण गर्दै उनले विभिन्न गतिविधि गर्ने मानिसहरुको समूहले अझै आउन दिन्नौं भनेको सुनेको बताए ।