२ भाद्र २०८३, मंगलवार
,
Latest
केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोटका कारण स्वारेजले कोपा डेल रेको फाइनल खेल गुमाउने पक्का



अ+ अ-

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले कोपा डेल रेको फाइनल खेल गुमाउने भएका छन् ।

दाँया घुँडाको मेडियल मिनिस्कसमा चोट बोकेपछि घुँडाको शल्यक्रिया गरेका उनि ४ देखि ६ हप्तासम्म मैदान बाहिर रहने छन् ।

स्वारेजले यस सिजन कोपा डेल रेको फाइनल सहित बाँकी ३ खेल गुमाउने पक्का भएको छ ।

उनले यस सिजनको एल क्लासिकोमा ह्याट्रिक गरेका थिए । यस सिजन उनले २९ खेलबाट २५ गोल गरेका छन् ।

कोपा डेल रेअन्तर्गत फाइनलमा बार्सिलोनाले मे महिनाको २५ तारिखमा भ्यालेन्सियाको सामना गर्दैछ ।