१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

बुबाको शालिक अनावरणपछि यसरी भक्कानिए उद्योगपति ढकाल (भिडियोसहित)

बुबाको शालिक अनावरणपछि यसरी भक्कानिए उद्योगपति ढकाल (भिडियोसहित)
अ अ+ अ-

 

बागलुङ । आफ्ना पिताजी हिरण्यप्रसाद ढकालको शालिक अनावरणपछि भक्कानिए उद्योगपति चन्द्रप्रसाद ढकाल र उनका भाई हेमराज ढकाल । गत सोमबार उनको जन्मस्थल बागलुङको अमलाचौरमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वर्गीय ढकालको शालिक अनावरण गरेकि थिइन् ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उनका भाई हेमराज ढकालले आफ्ना पिता ढकालको स्मृतिमा पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा ५ करोड २८ लाख रुपैयाँको लगानीमा चौध कोठे पक्की भवन बनाएका छन् । सो भवन निर्माण भएपछि त्यहाँका पूर्व विद्यार्थीहरुको प्रयासमा रकम संकलन गरी कम्प्युटर र विज्ञान प्रयोगशाला पनि निर्माण भएको छ ।

सो समारोहलाई सम्बोधन गर्न र उनका पिताको शालिक अनावरण गर्न सोमबार राष्ट्रपति भण्डारी अमलाचौर पुगेकी थिइन् । उनले सो शालिक अनावरण गरी विद्यालय भवनको उद्घाटन पनि गरिन् । त्यसपछि बोल्ने क्रममा ढकालले मन थाम्न सकेनन् । उनले आफ्ना पिताजी कर्मका वास्तविक पुजारी हुनुहुन्थ्यो भन्दै स्मरण गरेका थिए । सोही विद्यालयका पूर्व विद्यार्थी रहेका ढकालले आफ्नो विद्यार्थी जीवनका दिनहरु र बुबाको निधनको स्मरण गर्ने क्रममा निकै नै भावुक भए । त्यस समय आफूले अध्ययन गर्ने क्रममा पाएका दुःखका दिनहरु सम्झिएर उनी भक्कानिएपछि कार्यक्रममा उपस्थित अधिकांशका व्यक्ति तथा आफन्तका आँखा रसाएका थिए ।

आफूले जीवनमा निकै दुःख गरेर पढेको भए पनि अहिलेको पुस्ताले त्यस्तो दुःख नपाओस भनेर आफूले सो विद्यालयमा लगानी गरेको जानकारी गराएका थिए । उनले भने– मैले त्यस समयमा जसरी दुःख गरेर पढेँ, ती दिनको म स्मरण मात्र गर्न सक्छु अहिले यहाँ भन्न सक्दिन । हामी सानो उमेरमै छँदा घरको अभिभावक पिताजीलाई गुमाउँदा हामीले कति दुःख पायौँ र आमाले के कसरी हामीलाई हुर्काउनुभयो भन्ने बारेमा पनि आफूले स्मरण मात्र गर्न सक्ने उनले बताए ।

आफूहरु सानो छँदै घरका अभिभावकका रुपमा रहेका पिताजी गुमाउँदा कस्तो पीडा भएको थियो भन्ने कुराको स्मरण गर्दै उनले भनेका थिए– हामी सात देखि सत्र वर्षको उमेरका परिवारका सदस्यहरु रहेका र आमाले कसरी हामीलाई हुर्काउनु भयो होला भनेर उनी निकै नै भावुक भए । आफूले सानो छँदा पाएको दुःखको स्मरण गरेर अहिलेको बालबालिकाले त्यस्तो अप्ठेरो भोग्न नपरोस् र घर गाउँमै सजिलै शिक्षा ग्रहण गर्न सकोस् भनेर आफूले शिक्षाका लागि लगानी गरेको उनले बताए । आफ्नो जन्मस्थान र माटोको मायाले आफूहरुलाई तानेकोले पनि यहाँ लगानी गरी सो विद्यालयलाई राम्रो बनाउने प्रेरणा मिलेको बताए ।

नेपालका एकजना सफल उद्यमी ढकालले सबैभन्दा ठूलो धन विद्या हो भन्दै यस विद्यालयका विद्यार्थीहरुलाई राम्ररी पढ्न सुझाव पनि दिए । आफूहरुले विगतमा शिक्षा प्राप्तिका क्रममा निकै ठूलो संघर्ष गर्नु परेको स्मरण गर्दै तर अहिलेको पुस्ताले भने पढिदिए हुने उनको सुझाव थियो । ठूलो सहभागिता रहेको सो सभामा उनको सम्बोधनले धेरैलाई भावुक बनाएको थियो । राष्टपतिको हैसियतमा भण्डारी पहिलो पटक बागलुङ पुगेकोले पनि ठूलो संख्याका मानिस त्यहाँ उपस्थित भएका थिए ।

सो सभामा आफ्नी आमाले लेखेको कविता बाचन गर्ने क्रममा युवा उद्यमी तथा चन्द्र ढकालका भाइ हेमराज ढकाल पनि भक्कानिएका थिए । आमा जानुका ढकालले आफ्ना पति स्वर्गीय भएको अवस्थालाई सो कवितामा चित्रण गरेकी थिइन् । आफूले छोराछोरीलाई कसरी संघर्ष गरेर हुर्काउनु, बढाउनु, पढाउनु परेको थियो भन्ने विषय सो कवितामा समेटिएको थियो ।

भिडियो

https://youtu.be/kfimT7rECrc