२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको याक एण्ड यति होटेलबाट १२ भारतीय पक्राउ, यस्तो छ आरोप



अ+ अ-

काठमाडौं । प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि थप अनुसन्धान

महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले गए राति होटलमा छापा मारेको थियो ।

त्यस क्रममा पक्राउ परेका अभियुक्तलाई अहिले महानगरीय प्रहरी परिसरमा ल्याई अनुसन्धान प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।