![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/05/indra_moktan_gW4XsH91mZ.jpg)
काठमाडौं । प्रहरीले काभ्रेको गोकुलेमा एक व्यक्तिको हत्या गरेको आरोपमा एक जनालाई घटनाको ९ वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने वर्ष ३८ को इन्द्रबहादुर मोक्तान रहेका छन् ।
ब्युरोका प्रवक्ता एसपी सुदिप गिरीका अनुसार २०६७ असार १ गते काभ्रे गोकुलेका दीर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा मोक्तानलाई ब्यूरोले पक्राउ गरेको हो ।
९ वर्षदेखि फररा सूचिमा रहेका मोक्तानलाई ब्युरोका अधिकारीले शनिबार पक्राउ गर्न सफल भएका थिए ।
पक्राउ परेका मोक्तानलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रे, धुलिखेल पठाइएको एसपी गिरीले बताए ।