१७ भाद्र २०८३, बुधबार
,
Latest
न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

यार्सागुम्बा टिप्न शिक्षक नै गएपछि रुकुम पूर्वका सबै विद्यालय दुई महिनाका लागि बन्द



अ+ अ-
file-photo

रुकुम पूर्व । यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि रुकुम पूर्वका सबै विद्यालय जेठ र असार महिना बन्द हुने भएको छ ।

यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न विशेष गरेर जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका विद्यालय बन्द हुने गर्दछन् । उक्त गाउँपालिकामा रहेका विभिन्न पाटन (बुकी) मा पाइने यार्सा जेठको दोस्रो सातादेखि टिप्न शुरु हुने गर्दछ । पाटनमा रहेका यार्सा संरक्षणका लागि मैकोटका युवा अहिले त्यसतर्फ गएका छन् ।

स्थानीय सबै यार्सा टिप्न पाटन गएपछि यहाँका विद्यालय आगामी जेठ ४ गतेबाट असार अन्तिमसम्म बन्द गर्ने निर्णय नै गरिएको हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तीमान पुनले जनकारी दिए । शिक्षक तथा विद्यार्थी यार्सा टिप्न पाटन जानेभएपछि विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए ।

विभिन्न बहानामा लामो समयसम्म विद्यालय बन्द हुँदा पनि सरोकारवालाले नदेखेजस्तो गर्दा समस्या उत्पन्न भएको स्थानीयवासी रामविक्रम बुढाको भनाइ छ । शिक्षक आफैं यार्सा टिप्न जानका लागि हातारहतारमा विद्यालय बन्द गर्ने गरेको उनको भनाइ छ ।

यसबारेमा जिल्ला शिक्षा तथा समन्वय इकाइमा कुनै औपचारिक जानकारी नआएको बताइएको छ । हरेक वर्ष यार्सा टिप्ने समयमा विद्यालय बन्द हुने प्रचलन जस्तै भएको समन्वय इकाइ प्रमुख तिलक गौतमले बताए । अहिले बन्द भए पनि बर्खे बिदामा मिलान गरिने हुँदा पठनपाठनमा खासै असर नपुग्ने उनको भनाइ छ ।