२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजसेवी आचार्यको शरीर वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण



अ+ अ-

भद्रपुर । भद्रपुर नगर क्षेत्रको पहिलो शरीर दान गर्ने व्यक्तिको पहिचान बनाएका समाजसेवी उदयदेव शर्मा आचार्यको शरीर वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । भद्रपुर १० स्थित चन्द्रगढीमा घर भएका आचार्यले २०६५ सालमा आफ्नो शरीर वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दान गरेका थिए । आचार्यको अन्तिम इच्छा अनुसार परिवारले मृत्युपछि दाह संस्कार नगरी शरीर प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो ।

वि सं २००७ साल अशोज १३ गते खोटाङको सदरमुकाम दिक्तेलमा जन्मिएका आचार्य नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत हुन् । वैदिक समाज झापाका संस्थापक उपाध्यक्ष, पूर्व प्रहरी संगठन झापाका सदस्य, व्रामण समाज झापाका सदस्य लगायत विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेका आचार्य सामाजिक रूपान्तरणका लागि परम्परागत कुसंस्कारको बिरूद्ध जागरण अभियान समेत चलाउँदै आइरहेका थिए । उनको शनिवार विहान ४.३० वजेतिर हृदयघातका कारण आकस्मिक निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

कान्छा छोरा राजकुमार आचार्यका अनुसार बाबुको इच्छा अनुसार शरीर वि पि कोइराला प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । आचार्यका दुई श्रीमति लक्ष्मी र उमा, ३ छोरा र एक छोरी रहेका छन् । आचार्य परिवारले शरीर दान गरे पनि आचार्यको टुप्पीमा कुशको शरीराकृति बनाएर स्थानीय देउनीया खोलामा दाहसंकारको विधि गरी दशरात्र कर्म सुरू गरेको छ ।