६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु क्रसिङ सकियो : किसानले अझै पाएनन् सात अर्ब



अ+ अ-

काठमाडौं । समयमा किसानलाई भुक्तानी नदिएर अल्झाउँदै आएका चिनी उद्योगी र सरकारले यो वर्ष पनि अझै सात अर्ब रुपैया दिएका छैनन् । उखु त्रसिङको सिजन सकिए पनि किसानले भुक्तानी पाएका छैनन् ।

नेपाल उखु उत्पादक महासंघका अनुसार किसानले यो वर्ष करिब १० अर्ब रुपैयाँको उखु उद्योगीलाई बेचेका छन् । महासंघका अध्यक्ष कपिलमुनि मैनालीले पौने ६ अर्ब रुपैयाँ उद्योगीबाट र अनुदानबापतको एक अर्ब ३२ करोड रुपैयाँ सरकारबाट पाउन बाँकी रहेको बताए ।

‘मोटामोटी सात अर्ब रुपैयाँ बक्यौता छ,’ अध्यक्ष मैनालीले भने, ‘चिनी बिक्री नभएको बहाना बनाएर उद्योगीले भुक्तानी दिएका छैनन् ।’ प्रारम्भिक तथ्यांक सात अर्ब रुपैयाँ भए पनि अझै धेरै हुने सक्ने उनले बताएको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।