३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार बर्षपछि लाभग्राहीको क्षतिग्रस्त घरको सर्वेक्षण



अ+ अ-

खोटाङ । जिल्लामा भूकम्पीय आवास अनुदान लिनबाट वञ्चित क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट घरमा क्षति पुगे पनि निजी आवास अनुदान लिन छुट भएका पीडितको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको हो ।

दश स्थानीय तह रहेको जिल्लाका ७९ वडा कार्यालयमा प्राप्त गुनासोकर्ताको निवेदनका आधारमा क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँच गर्न प्राविधिक खटाइएको जिल्ला आयोजना कार्यान्वयन एकाइको कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताए।

भूकम्पले क्षति पु¥याएको घरको निजी आवास अनुदान लिनबाट छुट भएका वास्तविक पीडितका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुनासोकर्ताको निवेदनलाई वडाको सिफारिसका आधारमा क्षतिग्रस्त घरसम्म पुगेर पुनःसर्वेक्षण तथा पुनःजाँचको कार्यक्रम शुरु गरेको हो ।

भूकम्प गएको चार वर्ष बित्दासमेत वास्तविक भूकम्पपीडितले लाभग्राहीको सूचीमा छुटेको, लाभग्राहीको सूचीमा नपारेको, घर पास नगरिदिएको लगायतका गुनासो गरिरहेका बेला पुनःसर्वेक्षण तथा पुनःजाँचको कार्यक्रम शुरु गरिएको प्राधिकरणले जनाएको छ । आठ हजार ४४३ कूल लाभग्राही रहेकामध्ये हालसम्म आठ हजार ३३१ लाभग्राहीले मात्र अनुदानका लागि सम्झौता गरेको कार्यालयले जनाएको छ ।




भर्खरै