बुटवल । दाङको प्रहरीले ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४६ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विनोदविक्रम शाहका अनुसार घोराही उपमहानगरपालिका–१५, स्र्वद्धारी टोल बस्ने ४६ वर्षीय ऋषिराज आचार्यलाई ११ वर्षीया बालिका जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
आरोपीलाई मुलुकी संहिता बमोजिम १४ देखि १६ सम्म कैद सजाय र नियम अनुसारको क्षतिपूर्ति हुने गरि सरकारी वकिलको कार्यालयमा पठाइएको छ ।