पाँचथर । हिलिहाङ गाउँपालिकाकी १५ वर्षीया किशोरीको हत्या आरोपमा एक जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–२ का भगिरथ बाँस्तोला रहेको प्रहरील् जनाएको छ ।
प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार बाँस्तोलाले प्रारम्भिक बयानमा आफू र सोही स्थान बस्ने मृतकका प्रेमी पदम तामाङ मिलेर हत्या गरेको स्वीकार गरेका छन् ।
बाँस्तोला पक्राउ परे पनि अर्का आरोपित तामाङ भने अझै फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको बताइएको छ । किशोरी शितल योङहाङको आइतबार राति वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।