१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय चुनावको प्रभाव नेपाली भान्छामा



अ+ अ-

काठमाडौं । भारतमा जारी लोकसभाको चुनावको प्रभाव नेपालको भान्सासम्म परेको छ । विभिन्न राज्यमा छुट्टाछुट्टै भएको चुनाका लागि नेपाल–भारतबीचको नाका बन्दा हुँदा तरकारी आयात रोकिएकाले तरकारीको मूल्य शतप्रतिशतदेखि १५८ प्रतिशतसम्मले बढेको हो ।

भारतीय बजारबाट ल्याइने स्याउलगायतका फलफूलको मूल्यसमेत आकासिएको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको आइतबारको मूल्यसूचीअनुसार भान्साको अनिवार्य उपज गोलभेडा (ठूलो) को थोक मूल्य नै प्रतिकिलो ९५ देखि १०० रुपैयाँसम्म छ भने सानो गोलभेडाको थोक मूल्य ८५ देखि ९० रुपैयाँ प्रतिकिलोसम्म रहेको कारोबार दैनिकमा खबर प्रकाशित छ ।