३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जलाशयको नगर बन्दै घोराही

जलाशयको नगर बन्दै घोराही
अ+ अ-

दाङ । केही वर्षयता घोराही उपमहानगरले महत्वपूर्ण योजनाका रूपमा जलाशय निर्माणलाई तीव्रता दिएको छ । विगत दुई वर्ष अगाडिदेखि घोराहीमा शुरु भएको जलाशय निर्माणकार्य अहिले निकै फलदायी, सफल र सबैको आकर्षणको केन्द्र बनेको छ । अहिले घोराहीका सबैजसो वडामा जलाशय बनेका छन् भने केहीमा बन्ने तयारीमा छन् ।

जलाशय निर्माणपछि कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्न थालेपछि र गाउँले रोजीरोटीको माध्यम बनेपछि उपमहानगरले जलाशय निर्माणलाई पहिलो प्राथमिकतामा राखेको हो । शुरुमा यहाँका केही क्षेत्रमा जलाशय निर्माणपछि यहाँको जनताको दैनिकीमा समेत परिर्वतन भएको र धेरैको रोजगारी सिर्जना भएपछि उपमहानगरले जलाशय निर्माणमा लगानी बढाएको हो ।

उपमहानगर इञ्जिनीयर रामधन श्रेष्ठका अनुसार उपमहानगरभित्र अहिले १५ जलाशय बनिसकेका छन् भने अरु पाँच निर्माणको तयारीमा छन् । उपमहानगरले गत वर्षसम्म यस क्षेत्रमा १२ जलाशय निर्माण गरेको थियो भने तीन जलाशय पहिले नै थिए । अघिल्लो वर्षसम्म उपमहानगरले जलाशय निर्माणका लागि मात्रै करीब रु पाँच करोड खर्च गरेको थियो ।

चालू आर्थिक वर्षमा पाँच जलाशय थप बनाउन लागिएको छ । नयाँ बन्ने जलाशयका लागि रु साढे दुई करोड खर्च गर्न लागिएको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा घोराही–१ सुर्केडाँगीमा रहेको चेपखोलामा रु एक करोडको लागतमा निकै ठूलो र फराकिलो जलाशय बन्न लागेको छ । जहाँ प्रदेश सरकारको तर्फबाट रु ५० लाख र उपमहानगरले रु ५० लाख खर्च गर्न लागेको छ ।

यस्तै वडा नं २ को बलरामपुरमा रु २५ लाख, वडा नं १८ को गिठेपानीमा रु २५ लाख, वडा नं १३ को जङ्खोलीमा रु ५५ लाख र वडा नं १० को नारायणपुरमा रु ३६ लाखको लागतमा जलाशय निर्माण हुन लागेका हुन् ।

उपमहानगरले पानीविनाको कृषि र सुन्दर गाउँको परिकल्पना गर्न नसकिने भन्दै उपमहानगरलाई जलाशयको नगर बनाउन थालेको छ । नगरले जलाशयलाई पहिलो प्राथमिकतामा राखेका कारण यहाँका स्थानीयवासीले पनि जलाशय निर्माणको माग धेरै गर्ने गरेका छन् ।

इञ्जिनीयर श्रेष्ठका अनुसार धेरै जनताले जलाशयको माग गरिरहेका छन् । अझै पनि वडा नं ४ को रोहीनीखोला, वडा नं ५ लक्ष्मीपुरको अमारे सोता, वडा नं १३ को बाहुनडाँडालगायतका क्षेत्रमा अझै पनि जलाशयको टड्कारो आवश्यकता रहेको र ती स्थानमा आगामी दिनमा जलाशय निर्माण गर्ने उपमहानगरले जनाएको छ । घोराही उपमहानगरपालिकाले कृषि र पानीको स्रोत बढाउन विभिन्न ठाउँमा कृत्रिम जलाशय बनाउँदै आएको छ । ढिकपुरगाउँको वरिपरि तीन जलाशय बनाएको छ ।

किसानलाई सहज होस् र व्यावसायिक बनुन् भन्ने उद्देश्यले नै जलाशय निर्माणलाई उच्च प्राथमिकतामा राखेको नगरप्रमुख नरुलाल चौधरीले बताउनुभयो । सिँचाइसँगै पानीको स्रोत बढाउने, पर्यटकलाई आकर्षण गर्ने, कुवा, जरुवा नसुकुन् र गाउँ हरियाली बनाउन जलाशयको अवधारणा लिएको प्रमुख चौधरीको भनाइ छ ।