३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुराका अधिकांश वनमा डढेलो



अ+ अ-

अमरगढी । डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । अत्यधिक गर्मी बढेसँगै वर्षासमेत नहँुदा वन जङ्गलमा पातपतिङ्गर बढी सुकेका कारण अन्य वर्षको तुलनामा यस वर्ष जिल्लाका सामुदायिकलगायतका वनमा डढेलो बढी लागेको हो ।

डढेलो नियन्त्रण हुन नसक्दा स–साना बोटबिरुवा जलेर मर्नेलगायत जनावर र चराचुरुङ्गीमा समेत नराम्रो असर पर्ने गरेको छ । डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत प्रकाश जोशीका अनुसार स्थानीय उपभोक्ताको लापरवाहीका कारण जङ्गलमा बढी आगलागी हुने गरेको छ । सहायक वन अधिकृत जोशीले भन्नुभयो, “चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा लापरवाहीपूर्ण तरिकाले जानीजानी आगो लगाइदिँदा वन डडेलो बढेको हो ।”

जनचेतनाको अभाव पनि देखिएको भन्दै उहाँले यो वर्ष डढेलो नियन्त्रणका लागि जिल्लाव्यापीरूपमा अभियान नै सञ्चालनमा ल्याइएका जानकारी दिनुभयो । आगो लगाउँदा जङ्गलमा घाँस राम्रोसँग पलाउने हुँदा जिल्लाका कतिपय स्थानमा उपभोक्ताले आगो लगाउने र आगो बढ्दै गएर वन विनाशको कारण पनि बन्ने गरेको पाइएको छ । झारपात सुक्ने मौसममा सानो आगोको झिल्कोका कारण लागेको लागो पनि महीना दिनसम्म वनमा देखिने गरेको छ । राजमार्ग छेउछाउका जङ्गलमा समेत अत्यधिक डढेलो लागेको छ ।

जिल्ला वन कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार जिल्लामा कूल भूभागको ७५ प्रतिशतभन्दा बढी क्षेत्रफल वनजङ्गलले ओगटेको छ । एक लाख ५३ हजार ८ हेक्टरमध्ये एक लाख १५ हजार १५९ हेक्टर क्षेत्रफलमा वन फैलिएको छ ।




भर्खरै