• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती…

सरकारी कार्यालयले नै बुझाउदैनन् विद्युत् महसुल, डेढ करोड उठाउन कुलमानलाई बोलाउनुपर्ने अवस्था



घोराही । नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक करोड ४० लाख ९५ हजार १८५ उठाउन बाँकी रहेको विद्युत् उपवितरण केन्द्र लमहीले जनाएको छ ।

सबैभन्दा धेरै एसएमबी फुड प्रोडक्टको रु छ लाख १९ हजार ५०४ विद्युत् महसुल बाँकी रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र लमहीको रु एक लाख ७५ हजार ७२४, मनकामना एग्रिगेट बालुवा उद्योगको रु एक लाख चार हजार, चिरण राइस मिल ९पाण्डे राइस आयल मिल० को रु चार लाख ७८ हजार ७४६, खानेपानी योजनाको रु एक लाख ६७ हजार, खड्का सःमिलको रु एक लाख ६७ हजार १५०, लमही नगर विकास समितिको रु ५१ हजार महसुल बाँकी छ ।

बगिया खानेपानी भैसहवाको रु एक लाख ९७ हजार, छम्पाली आयल मिलको रु एक लाख नौ हजार, दाङ भ्याली ह्युमपाइप सुन्डबरीको रु ६४ हजार, नर्ति रेञ्जपोष्टको रु ५३ हजार, राप्ती उद्यम प्रालिको रु तीन लाख १५ हजार, भन्सार कार्यालयको रु ५७ हजार, हमाल राइस तथा आयल मिलको रु ६३ हजार, शिवशक्ति कृषक सहकारी संस्थाको एक लाख १२ हजार, गोराराम बोहोराले रु तीन लाख ६४ हजार विद्युत् महसुल बुझाउन बाँकी रहेको देखिन्छ ।

विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रका प्रमुख नन्दलाल शर्माका अनुसार धेरैजसो सरकारी कार्यालय र उद्योगको महसुल बाँकी छ । उहाँले महसुल नबुझाएका ग्राहकको तत्काल विद्युत् लाइन काटिने बताउनुभयो । मिटर जाँच भएको ६० दिनभित्र महसुल नबुझाए लाइन काट्ने प्रावधान रहे पनि उपवितरण केन्द्र लमहीले २२ महीनासम्म पनि महसुल नबुझाएका ग्राहकको विद्युत् लाइन काट्न भने सकेको छैन ।

महसुल नबुझाएको ३१औँ दिनदेखि नै जरिवाना लाग्ने भए पनि अटेरी स्वभावले गर्दा वर्षौ दिनसम्म विद्युत् महसुल नबुझाउनेको सङ्ख्या धेरै रहेको कार्यालयले जनाएको छ । त्यसो त घरायसी प्रयोगका मिटरबाट समयमै महसुल बुझाउने गरेको कार्यालयको भनाइ छ ।

कार्यालयले अनलाइनमार्फत् पनि भुक्तानी लिने गरेको छ । अनलाइन प्रणाली लागू भएदेखि अहिलेसम्म २६ हजार ग्राहकबाट करीब रु एक करोड २० लाख भुक्तानी लिइसकेको प्रमुख शर्माले बताउनुभयो । इ–सेवा, पे–पोइन्ट, महालक्ष्मी बैंक, नबिल बैंक, हिमालय बैंक, प्रभु बैंक, आइएमई–पे, सिएफएस, सिटी एक्सप्रेस र एनइए क्यावमार्फत् विद्युत् महसुल बुझाउन सकिनेछ ।