५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाली पेट सुत्नु स्वास्थ्यका लागि हानिकारक सावित !



अ+ अ-

काठमाडौं । राति खाना नखाई सुत्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ। भोक लागेर राति निद्रा नलाग्ने, मांसपेशी कमजोर हुनेलगायत समस्या देखिन सक्छन्।

–कोही–कोही सोच्छन्, राति खाना नखाई सुत्दा वजन घट्छ। यो सोचाइ गलत हो। खाना नखाँदा जति भोक लाग्छ, त्यति नै बढी खाना खाइन्छ। जसले गर्दा वजन घट्ने होइन, बढ्छ।

–कतिलाई लाग्छ, राति भोजन ग्रहण गर्न आवश्यक छैन, सुत्दा ऊर्जा चाहिँदैन। तर, शरीरलाई चौबिसै घण्टा ऊर्जाको आवश्यकता हुन्छ। शरीरले जतिखेर पनि क्यालोरी खपत गरिरहेको हुन्छ। राति भोकै सुत्दा पर्याप्त निद्रा लाग्दैन। राम्ररी सुत्न नपाउँदा शरीरमा ऊर्जाको स्तर कम हुन्छ।

–खाली पेट सुत्दा भोलिपल्ट बिहान मुड ठीक हुँदैन। झडङ्ग रिस उठ्ने हुन्छ। त्यसैले राति खाना खाएर मात्र सुत्नुपर्छ।

–खाना नखाई सुत्ने बानीले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। हल्काफुल्का भए पनि केही खाएर मात्र सुत्नुपर्छ।

(एजेन्सीको सहयोगमा)