१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने- नेपाल पर्यटन बोर्ड (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।  

बुधवार काठमाडौंमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताउनु भएको हो । उहाँले नयाँ पुनरुत्थान नीतिमा सबै वर्गका व्यवसायीहरुलाई समेट्ने गरी रणनैतिक योजना बनाउनु पर्ने बताउनु भयो । प्रमुख कार्यकारी अधिकृत रेग्मीले कोरोना महामारीका बेला सरकारले पर्यटन व्यवसायीहरुलाई दिने भनेको सेवा सुविधा पाउनु पर्ने व्यवसयाीहरुले नपाएको गुनासो समेत गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत रेग्मीले भन्नुभयो, ‘नेपालको एउटा छुट्टै खालको पर्यटनको अवस्था छ । नेपालको पनि आफ्नै युनिक खालको रिभाइबल पोलिसि हुनुपर्छ । त्यसमा प्रत्येकलाई समेटिएको हुनुपर्छ । जो रियलमा पीडित छन्, तिनीहरुले सुविधा पाउन नसकेको अवस्था छ । सरकारले दिएका विभिन्न सेवा, सुविधाहरु अलि माथिल्लो वर्ग वा धेरै लगानी भएकाहरुले मात्रै लिएको अवस्था छ । भाडामा लिएर व्यवसाय गरेको ठूलो समुदायलाई सरकारले दिएको सेवा सुविधा पुग्न सकेन । गभर्मेण्टले पनि जे कुरा लिएर आएको छ त्यसमा सेक्योर गर्न खोजिरहेको छ । दुरुपयोग नहोस् भन्न खोजिरहेको छ । तर यस्तो रिभाइबलको बेलामा पीडितहरुलाई त्यसको सेवा पुगोस् भन्ने हिसावले जानुपर्दथ्यो । अहिले यो मन्त्रालयले जिम्मेवारी लिएको छ ।’

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नीति सल्लाहकार धर्म स्वर्णकारले पर्यटनको विकासले रोजगारी सिर्जना हुने भएको बताउनु भयो । उहाँले पर्यटन कृषि र मनोरञ्जन क्षेत्रसँग पनि सम्बन्धित भएकोले यसको असर अन्य धेरै क्षेत्रमा पर्ने बताउनु भयो । सल्लाहकार स्वर्णकारले आर्थिक समृद्धि र विकासको कुरा गर्दा सबैले पर्यटनलाई बिर्सिन नहुने बताउनु भयो ।

नीति सल्लाहकार स्वर्णकारले भन्नुभयो, ‘पर्यटन मुख्यरुपमा कृषिसँग सम्बन्धित छ । मनोरञ्जन व्यवसायसँग सम्बन्धित छ । पर्यटन प्रभाव भयो भने त्यसको अरु धेरै क्षेत्रमा त्यसको असर पर्दछ । रोजगारी प्रभाव पर्दछ । त्यसकारण पनि पर्यटन व्यवसायको महत्व धेरै छ । आर्थिक समृद्धि र विकासको कुरा गर्दा पर्यटनलाई बढाउनु पर्छ भन्ने कुरा बिर्सिनु हुँदैन । पर्यटनको वृद्धि भए रोजगारीको पनि वृद्धि हुन्छ । समावेशी विकासको लागि पनि पर्यटनको विकास अनिवार्य छ ।’

सल्लाहकार स्वर्णकारले समावेशी विकासको लागि पनि पर्यटनको विकास अनिवार्य रहेको समेत बताउनु भयो ।