३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल स्थापना माग गर्दै सुनवलबासी आन्दोलित



अ+ अ-

सुनवल । अस्पताल स्थापनाको विषयलाई लिएर पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ७ र ८ का जनप्रतिनिधिसहित स्थानीयवासी आन्दोलित भएका छन् । सुनवल–८ मा रहेको सुनवल स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि स्वास्थ्य मन्त्रालयबाट रकम विनियोजित भए पनि सो रकमबाट अन्य स्थानमा स्वास्थ्य संस्था स्थापना गर्ने प्रक्रिया अघि बढाइएको विरोधमा आन्दोलनमा उत्रिन बाध्य भएको वडा नं ८ का वडाध्यक्ष एवं सुनवल स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ गैरेले बताउनुभयो ।

स्तरोन्नति गर्न आएको बजेटलाई केही जनप्रतिनिधिले अन्य स्थानमा लैजाने प्रक्रिया अघि बढाइपछि आन्दोलनमा उत्रिन बाध्य भएको वडा नं ७ वडा सदस्य विनोद पाण्डेले बताउनुभयो । नगरपालिका सो रकमबाट वडा नं ३ र ५ को बीचमा पर्ने मिनी वनकट्टीमा अस्पताल स्थापना गर्ने पक्षमा देखिएको छ । सुनवल स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि आउने बजेटलाई सोही स्थानमा खर्च गर्नुपर्ने वडा नं ७ का वडाध्यक्ष वसन्त दाहालले बताउनुभयो ।
सुनवल नगरपालिकाले सबैलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्था स्थापना गर्न लागेको नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो । सुनवल स्वास्थ्यचौकीको स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउनका लागि स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेको हो ।




भर्खरै