• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम

अस्पताल स्थापना माग गर्दै सुनवलबासी आन्दोलित



सुनवल । अस्पताल स्थापनाको विषयलाई लिएर पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ७ र ८ का जनप्रतिनिधिसहित स्थानीयवासी आन्दोलित भएका छन् । सुनवल–८ मा रहेको सुनवल स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि स्वास्थ्य मन्त्रालयबाट रकम विनियोजित भए पनि सो रकमबाट अन्य स्थानमा स्वास्थ्य संस्था स्थापना गर्ने प्रक्रिया अघि बढाइएको विरोधमा आन्दोलनमा उत्रिन बाध्य भएको वडा नं ८ का वडाध्यक्ष एवं सुनवल स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ गैरेले बताउनुभयो ।

स्तरोन्नति गर्न आएको बजेटलाई केही जनप्रतिनिधिले अन्य स्थानमा लैजाने प्रक्रिया अघि बढाइपछि आन्दोलनमा उत्रिन बाध्य भएको वडा नं ७ वडा सदस्य विनोद पाण्डेले बताउनुभयो । नगरपालिका सो रकमबाट वडा नं ३ र ५ को बीचमा पर्ने मिनी वनकट्टीमा अस्पताल स्थापना गर्ने पक्षमा देखिएको छ । सुनवल स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि आउने बजेटलाई सोही स्थानमा खर्च गर्नुपर्ने वडा नं ७ का वडाध्यक्ष वसन्त दाहालले बताउनुभयो ।
सुनवल नगरपालिकाले सबैलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्था स्थापना गर्न लागेको नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो । सुनवल स्वास्थ्यचौकीको स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउनका लागि स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेको हो ।