• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बिहेको तयारीमा रहेकी युवती मृत अवस्थामा फेला



बुटवल । रुपन्देहीमा बिहेको तयारीमा रहेकी एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापा अनुसार गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा उक्त शव १९ वर्षीया निशा हिसाहारको रहेको छ ।

घटनामा संदिग्ध एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निशाको शव पोष्टमार्टका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।