• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बुटवलका २ पसलमा आगलागी, ५० लाख बराबरको धनमाल नष्ट



बुटवल । गएराति बुटवल सङ्गमपथका दुई पसलमा आगलागी भएको छ ।


राति करिब ९ बजेतिर विद्युत् सर्ट भई आलगागी हुंदा सङ्गमपथस्थित हरि प्रधानको घरको भुँई तलामा रहेको ब्याग हाउस र जुत्ता पसलमा क्षति पुगेको छ ।

व्यवसायी राजु श्रेष्ठले सञ्चालन गरेको गुल्मी रेसुंगा ट्रेडर्स र चिन्कु गुप्ताले सञ्चालन गरेको सगरमाथा ब्याग हाउसका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकलको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको स्थानीय बासिन्दाले जानकारी दिए ।

आगलागीबाट करिब ५० लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले अनुमान गरेको छ ।